ललिता निवास प्रकरण :सरकारी वकिलले भने,‘ किर्ते मुद्धामा प्रमाण पुगेन,फाइल सीआईबीलाई नै फर्काउँदैछौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल जिल्ला सरकारी वकिल काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काउने भएको छ ।

किर्ते मुद्धा चलाउने भनिएका व्यक्तिहरुमाथि आवश्यक र प्रर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिलले सीआईबीलाई नै फाइल पठाउने तयारी गरेको हो । सिआईबीले किर्ते मुद्धा चलाउने भनेर ४०० बढी व्यक्तिलाई प्रतिवादी बनाएको छ । तर किर्ते कसले गरेको भन्ने आधारबिनै हचुवाको भरमा प्रतिवेदन पेस गरेको सरकारी वकिलको कार्यालयले आरोप लगाएको छ।

सरकारी वकिल कार्यालय स्रोतकाअनुसार सीआईबीले बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको प्रकरणमा ठोस प्रमाण संकलन गरेको छैन । मिडियाबाजी गरेर वाहवाहीमात्र कमाउन खोजेको देखिएकाले मुद्दा दर्ता गर्न नसकिएको हो ।
सरकारी वकिल र न्यायाधीशले हेर्ने भनेको प्रमाण हो । किर्ते कसले गरेको भन्ने खुल्ने कुनै प्रमाणबिनै मुद्दा लैजादा ललिता निवास प्रकरणका दोषीहरुले सहजै सफाइ पाउने देखिएको सरकारी वकिलको कार्यालयका अधिकारीहरू बताउँछन् । सीआईबीमार्फत बालुवाटार प्रकरणका दोषी जोगाउन सरकारले मुख्य दोषीहरुलाई उन्मुक्ति दिने उद्देश्यले प्रहरीलाई दबाब दिएको आशंका सरकारी वकिलको छ ।

  • २६ पुष २०७८, सोमबार १३:४४ प्रकाशित