भोलि(मंगलबार) सिंहदरबार जाँदै पूर्वराजा ज्ञानेन्द्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

  • २६ पुष २०७८, सोमबार १३:०७ प्रकाशित