एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर के.सी.

केन्द्रभाग मिडिया

बागलुङ।

नेकपा एमाले बागलुङको अध्यक्षमा युवा नेता हिरा बहादुर केसी निर्वाचित हुनु भएको छ ।

आज बिहानसम्म भएको मत गणना अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका छन । केसीले ३ सय २९ मत र पाठकले २ सय २८ मत प्राप्त गरे ।

अध्यक्षका अर्का प्रत्यासी मेहरसिंह पाइजाले ३४ मत प्राप्त गरे । । एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यस अघि नै निर्विरोध भएका थिए ।

२ जना उपसमितिका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर छन्त्याल विजयी भएका थिए । यस्तै २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरुमा अमर बहादुर थापाले सबैभन्दा बढी ४ सय २७ मत प्राप्त गरी विजयी भए ।

  • २६ पुष २०७८, सोमबार १०:२० प्रकाशित