शिक्षा मन्त्रालयको बैठक बस्दैँः विद्यालय बन्दको औपचारिक निर्णय हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आगामी माघ १५ गतेसम्म स्कुलहरु बन्द गर्न आदेश दिएसँगै यसबारे छलफल गर्न शिक्षा मन्त्रालयको बैठक बस्दैँछ ।कोभिड(१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा भौतिक कक्षा बन्द गर्न भनेको हो ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

  • २६ पुष २०७८, सोमबार ०९:३३ प्रकाशित