साइप्रसमा भेटियो कोरोनाको नयाँ हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

साइप्रसमा फेरि अर्को नयाँ भेरियन्ट भेटिएको बताइएको छ। एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट पत्ता लगाएका हुन् ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् ।

डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् ।

  • २५ पुष २०७८, आईतवार १६:४४ प्रकाशित