गण्डकीमा बढे सक्रिय संक्रमित, ३८ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो समय गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण दर बढ्न थालेको छ भने निको हुनेको संख्यामा कमी आएको छ ।

यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हिजो १७२ सक्रिय संक्रमित रहेकोमा आज प्रदेशमा सक्रिय संक्रमितको संख्या २०३ रहेका छन् । तिमध्ये १९१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ७ जना मात्र निको भएका छन् ।
निर्देशनालयको अनुसार २१३ जनामा परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका ३५, लमजुङमा २ र नवपरासी पूर्वका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ५७६ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९४६ रहेको छ ।प्रदेशमा हालसम्म ३ लाख ५७ हजार ३७७ जनाको परीक्षण भएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • २५ पुष २०७८, आईतवार १६:२८ प्रकाशित