माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ । महाधिवेशनमा भेला भएका नेताहरुलाई संक्रमण पुष्टि भए पछि संक्रमण थप फैलन सक्ने अनुमान गरिएको छ ।

  • २५ पुष २०७८, आईतवार ११:०४ प्रकाशित