कोरोना उकालो लाग्ने संकेतः थप ९४४ जनामा कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ।

शुक्रबार करिब एक हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

  • २४ पुष २०७८, शनिबार १६:५० प्रकाशित