ओमिक्रोन संक्रमणः प्रधानमन्त्री कार्यालयमा सीसीएमसीको बैठक, थप प्रतिबन्ध लाग्न सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको थियो। देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ। बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ।

  • २३ पुष २०७८, शुक्रबार १६:३१ प्रकाशित