एमाले कास्कीको अधिवेशन यस्तो देखियो

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले कास्कीको १० औँ जिल्ला अधिवेशन पोखरामा सुरु भएको छ ।

अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्याटन गरेका थिए । पोखरा सभागृहमा सुरु अधिवेशनको औपचारीक उदाटन समारोह चलिरहेको छ ।

एमाले नेता एवं प्रदेश १ का प्रदश प्रमख सोमनाथ अधिकारी प्यासी लगायतका नेता अधिवेशन उद्याटन सत्रमा अतिथिका रुपमा रहेका छन् । उद्याटन पछि नेतृत्व चयन प्रकृया सुरु हुने बताइएको छ । अध्यक्ष सहित पदाधिकारी र सदस्यका लागि धेरै आकांक्षी भए पछि एमाले कास्कीको अधिवेशन केही दिन लम्बिन सक्ने छ ।

अध्यक्षमा कार्यवाहक अध्यक्ष रहेका मन बहादुर गुरुङ, वर्तमान सचिव दामोदर बैरागी दाबेदार देखिएका छन् । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ । पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ । जिल्ला कमिटीमा महिलाको ३३ प्रतिशतको सहभागिता सुनिश्चित हुने छ ।

अधिवेशनमा वर्तमान उपसचिव प्रभा कोइराला, बैनबहादुर अधिकारी क्षत्री, जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारी, दर्शन लामा, सिम गुरुङ, झपट रानाभाटले सचिवका आकांक्षी हुन् ।

  • २३ पुष २०७८, शुक्रबार १४:५५ प्रकाशित