ओलीले एकैपटक गरे ६१ जिल्ला अधिवेशनको उद्घाटन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका छन् । उनले केन्द्रीय कार्यालयको ‘एक्सन रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।

 आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् । हिमाली जिल्लालगायत केही जिल्लामा अधिवेशन पछि हुने महासचिव शंकर पोखरेलले बताए ।विभिन्न कारणले रोकिएका १६ जिल्लाहरूमा भने समयअनुकूल पारेर अधिवेशन हुनेछन् ।

पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा केन्द्रित भएका छन् ।

  • २३ पुष २०७८, शुक्रबार १४:०७ प्रकाशित