नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा थप २४ जनामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।

यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।

  • २३ पुष २०७८, शुक्रबार १३:२६ प्रकाशित