वर्षमान पुन केही दिन चीनस्थित हस्पिटलमै रहनेः आराम गर्न डाक्टरको सुझाव

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन केही दिन उपचाररत चीनस्थित अस्पतालमै रहने भएका छन् ।

उपचार पश्चात आज स्वदेश फर्कने बताइएको भएपनि उनी आज नआउने भएका छन् । उनलाई डाक्टरले एक दुई दिन आराम गर्न सुझाव दिएपश्चात उनी केही दिन हस्पिटलमै रहने भएका हुन् ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन शुक्रबार स्वदेश फर्कंने तयारी गरेपनि उनलाई नजान डाक्टरले सुझाव दिएको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिएका छन्।

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए। जण्डिसको वंशानुगत समस्या भएका उनी उपचारका लागि गएका हुन्।

  • २३ पुष २०७८, शुक्रबार १०:०० प्रकाशित