भारतमा आज एकै दिन ३२५ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

दिल्ली ।

पछिल्लो २४ घण्टामा भारतमा ३२५ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ९० हजार ९२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा १९ हजार २०६ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या २ लाख ८५ हजार ४०१ पुगेको छ । दैनिक संक्रमणदर ६.४३ प्रतिशत पुगेको छ ।पछिल्लो २४ घण्टामा ४९५ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । त्यहाँ कूल ओमिक्रोन संक्रमण केस संख्या २६३० पुगेको छ ।

महाराष्ट्रमा ओमिक्रोनका ७९७ केस पुष्टि भएका छन् । दिल्लीमा ४६५, राजस्थानमा २३६, केरलामा २३४, कर्णाटका २२६, गुजरातमा २०४ र तामिलनाडुमा १२१ संक्रमण पुष्टि भएका छन् ।

  • २२ पुष २०७८, बिहीबार १६:५७ प्रकाशित