कैलाली ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छ ।
आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले देश गम्भीर मोडमा रहेको बताउँदै चुनावपछि कता जान्छ भन्ने थाहा हुने बताए ।
त्यसलाई सही ट्रयाकमा लैजान र संविधान, गणतन्त्र ,संघीयतालाई बचाउन गठबन्धनले चुनाव जित्न जरुरी रहेको देउवाको भनाई छ । उनले भने, ‘संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ ।
यस प्रति तपाइको धारणा के छ ?