काठमाडौं ।
शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।
अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् ।
अक्सिजेनेटरको अभावमा गंगागाल अस्पतालमा मात्रै नभई नेपालमा अन्य अस्पतालमा पनि मुटुको शल्यक्रिया रोकिएको जनाइएको छ ।दैनिक यो अस्पतालले ६ देखि ८ वटा मुटुको शल्यक्रिया गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?