पोखरा ।
मौसम पूर्वानुमान महाशाखाले १२ घण्टे अर्लट जारी गर्दै सर्तक रहन आग्रह गरेको छ ।अब केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले बाढी पहिरोको उच्च जोखिम रहेकाले सर्तक रहन सुझाव दिएको हो ।
हाल देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।अहिले गण्डकी प्रदेशको कास्की जिल्ला आसपासका भेगमा वर्षा भइरहेको छ ।
राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको जनाइएको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।
यस प्रति तपाइको धारणा के छ ?