काठमाडौं ।
राप्रपाका चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले भने आफुहरुको चीरहरण भएको भन्दै पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?