पोखरा ।
पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ । नयाँ समितिले साउनको पहिलो सोमबारबाटै इजलास सुरुवात गरेको हो । ११ औँ नगरसभाबाट न्यायिक समितिमा २ जना सदस्य मनोनित भएसगै समितिले पूर्णता पाएको थियो ।
नेपालको संविधानले न्यायिक समितिको संयोजक उमेयर रहने र दुई जना सदस्य नगरसभाबाट मनोनित गर्ने व्यवस्था रहेको छ ।
उपमेयर मञ्जु गुरुङ समिति संयोजक र सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठ रहेका छन् ।
महानगरको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुदै आएको छ । इजलास सोमबार र बुधबार बस्ने गरेको छ ।
पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनको परिधिभित्र रहेर न्याय सम्पादन गरिने बताइन् ।
यस प्रति तपाइको धारणा के छ ?