काठमाडौं ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पुन संक्रमितले ज्यान गुमाउन थालेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै लामो समयदेखि कसैले ज्यान नगुमाएकोमा आज भने एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म ११ हजार ९५३ जनाको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ । काठमाडौैँ जिल्लामा मात्र सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन् । त्यस्तै सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस प्रति तपाइको धारणा के छ ?