Old Website
२०७९ साउन २२, आइतवार
August 7, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निवर्तमान मेयरको महत्वपूर्ण जग्गा ठेक्का प्रकरण : सम्झौँता रद्ध, त्रुटीपूर्ण रहेको निस्कर्षसहित अनुसन्धान र कारवाहीका लागि सिफरिस

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, समाचार
२०७९ असार ३१ १९:२९
निवर्तमान मेयरको महत्वपूर्ण जग्गा ठेक्का प्रकरण : सम्झौँता रद्ध, त्रुटीपूर्ण रहेको निस्कर्षसहित अनुसन्धान र कारवाहीका लागि सिफरिस
ShareTweetPin

विमल तिवारी
पोखरा  ।
पोखरा उपत्यका नगरविकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउन पूर्व मेयर एवं उपत्यका नगरविकास समतिका निवर्तमान अध्यक्षले मानबहादुर जिसीले गरेको सम्झौता खारेज गरेको छ ।

पोखरा उपत्यका नगर विकास समितिको शुक्रबार बसेको १६९ औं बैठकले सम्झौता खारेज गरेको हो । उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउन गत ३ जेठमा विभिन्न कम्पनीसंग निवर्तमान मेयर जिसीले सम्झौता गरेका थिए ।

यही २५ असारको शनिबार विहान बसेको उपत्यका नगर विकास समितिको बैठकले मालपोत कार्यालय कास्कीका प्रमुख दीनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिको सदस्यमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम रहेका थिए । उक्त समितिले आफ्नो प्रतिवेदन शक्रबार नै पेश गरेको हो ।

छानविन समितिले ठेक्का सम्झौता गैह्रकानुनी रहेको निस्कर्ष निकाल्दै त्यसलाई रद्ध गरी संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने राय पेश गरेको हो । सोही राय बमोजिम उपत्यका नगरविकास समितिको बैठकले ठेक्का प्रक्रियामा संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय गरेको उपत्यका नगरविकास समितिका अध्यक्ष एवं पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

प्रतिवेदनमा ‘जग्गा भाडामा लगाउने सम्बन्धमा बोलपत्र सम्बन्धी कागजात तयार गर्ने, सूचना प्रकाशन गर्नेदेखि सम्झौतासम्मको कार्य प्रक्रियामा विभिन्न त्रुटीहरु रहेको, कागजातहरु केरमेट गर्ने, सच्याउने, थपघट गर्ने जस्ता गैरकानुनी कार्यहरु भएको, सम्झौता रितपूर्वक नभएको, कागजातहरु शंकास्पद देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान तहकिकात गर्न जग्गा तथा संरचना भाडामा लगाउने सम्झौतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजातसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउन उपयुक्त हुने’ सुझाव दिएको छ ।

छानविन समितिले तयार पारेको १२२ पेज लामो प्रतिवेदनमा चलानी किताव र बोलपत्र खोलेको मुचुल्कामा भएको शंकास्पद केरमेटको सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्कीमा लेखी पठाउन उपयुक्त हुने उल्लेख छ ।

यसैगरी, छानविन समितिले आदर्श नेपाल दैनिक पत्रिकामा भएको शंकास्पद सूचना प्रकाशनको विषयमा थप छानविन गर्न साधिकार निकायमा लेखी पठाउन उपयुक्त हुने सुझाव पनि दिएको छ ।

निवर्तमान मेयर जिसीले आफ्नो कार्यकाल सकिनु ४८ घण्टा अघि ३ जेठमा बन्द भइसकेको पोखराको एक पत्रिकामा सूचना निकालेर समितिका सदस्यहरू तथा कर्मचारीलाई समेत थाहा नदिई बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारलाई सस्तो मूल्यमा १० देखि २५ वर्षसम्मका लागि भाडामा सुम्पिएका थिए ।

स्थानीय तहको नयाँ निर्वाचन सम्पन्न भई उपत्यका नगर विकास समितिकै कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना चलिरहँदा मेयर जिसीले आफैँले सम्झौता गरेर जिसीले पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय नजिकै रहेको ५ रोपनी जग्गा, राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कको १८ रोपनी जग्गा र गल्फ तालिम केन्द्रको ४० रोपनी जग्गा ठेक्कामा दिलाएका हुन् ।

समितिका तर्फबाट मेयर आफैले हस्ताक्षर गर्दै पृथ्वीचोकमा रहेको ट्रायल दिने स्थानको करिब ५ रोपनी जग्गा राइजिङ प्रालिलाई १० वर्षका लागि ठेक्कामा दिलाएका हुन् । प्रतिमहिना १ लाख ३५ हजार रुपैयाँ भाडा बुझाउने गरी सवारीसाधन पार्किङ गर्ने तथा सटर बनाई भाडामा लगाउने प्रयोजनका लागि दिइएको ठेक्कामा राइजिङका तर्फबाट गिरबहादुर पुनको हस्ताक्षर छ ।

त्यस्तै १८ रोपनी जग्गा रहेको पोखरा पर्यटन बसपार्कको ठेक्का पोखरा महानगरको मातहतमा नआउँदै मासिक दुई लाख ७५ हजार रुपैयाँ भाडा लिने सहमति गरी जिसीले हस्ताक्षर गरेर शिला शालिग्राम निर्माण सेवालाई भाडामा दिनुभएको छ । सम्झौतामा शिला शालिग्राम निर्माण सेवा प्रालिका तर्फबाट छविलाल कुँवरको हस्ताक्षर छ । संघीय सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बनाएको यो बसपार्क असार २२ गते बुधबार मात्रै पोखरा महानगरलाई हस्तान्तरण भएको थियो ।

त्यस्तै २५ वर्षका लागि भाडामा लगाएको ४० रोपनी क्षेत्रफलमा रहेको गल्फ कोर्सको ठेक्का एक्सन बिल्डर्स प्रालिलाई दिइएको छ । मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा बुझाउने गरी भएको ठेक्का सम्झौतामा विल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले हस्ताक्षर गर्नुभएको छ । भण्डारी जिसीका छोरी ज्वाइँका सहोदर भाइ रहेको खुलेको छ । बसपार्कको जग्गा भाडामा लिने शिला शालिग्राम समेत भण्डारीकै मातहत रहेको बताइएको छ ।

जिसीले अघिल्लो बुधबार विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप निराधार भएको बताएका थिए ।

छानबिन समितिले औँल्यएका निर्षकर्ष तलको लिंक हेर्नुहोस्

pratibedan

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

यस संग सम्बन्धित

स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

करेन्ट लाग्दा तीन जनाको मृत्यु

सर्वाधिक पढिएका

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.