नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ।
रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन्। कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा छ । । सरकारले वैशाख १८ मा धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।
वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यस प्रति तपाइको धारणा के छ ?