जुम्ला ।
जुम्लामा पावरहाउस भासिदाँ एकै घरका तीन जनाको ज्यान गएको छ ।
हिमा गाउँपालिका -१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरी चौकी बड्कीले जनाएको छ । राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भाँसिएको हो
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी चौकी बड्किको अनुसार उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतेका थिए ।
यस प्रति तपाइको धारणा के छ ?