काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसहितका उनी पक्षका नेतालाई कारबाही गर्ने तयारी गरेका छन् ।
केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गरी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित उनका पक्षमा लागेका नेताहरुको नाम हटाउने तयारी भइरहेको जसपा पार्टी स्रोतले जनाएको छ ।
उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गैरजिम्मेवारी काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । सोही अनुसार अध्यक्ष यादव पार्टी पुनर्गठनको तयारीमा जुटेको बताइएको छ ।
यता, बुधबार सम्पन्न बाबुराम पक्षको केन्द्रीय समितिको बैठकमा पनि पार्टी पुनर्गठनको माग उठेको थियो । रुपान्तरणका लागि पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझाव नेताहरुले दिएका थिए । वीरगञ्जमा जारी बैठकले के निर्णय गर्छ, त्यसको आधारमा जसपाको बाबुराम पक्ष अगाडि बढ्ने नेताहरुले बताएका छन् ।
यस प्रति तपाइको धारणा के छ ?