काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका(३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् ।
मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका(६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमार्टमको लागि टिचिङ लगिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?