काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित तीन विद्येयक पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको छ ।
त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मुल रुपमा नै सुझाव दिन पारित गरि प्रतिनिधिसभामा फिर्ता पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेश गर्दा एमालेका सांसदहरुले बिरोध जनाएका थिए ।
एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानविन समिति बनाउन माग गर्दै आएको छ ।
एमाले सांसदहरु कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएको थियो ।
यस प्रति तपाइको धारणा के छ ?