Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मन्त्रीका आकांक्षीको भिडन्तले एकीकृत समाजवादी र जसपामा आन्तरिक विवाद उत्कर्षमा

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ जेष्ठ २६ १०:२२
युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा
ShareTweetPin

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो ।

मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जनतापाटीसँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’

एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि तयार छैनन् भन्ने पुष्टि हुन्छ । जबकि, पार्टी सचिवालय बैठकले उनको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको नाम अघि सारेको छ ।

खतिवडासहित एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् । उनीहरूमध्ये खापुङको बढुवा, तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको रूपमा नयाँ अनुहारको नाम सचिवालय बैठकले पठाएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा झण्डै बहुमत सांसद संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेमबहादुर आलेले ‘होल्ड’ गरेका छन् । उनी पनि सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । उनको ठाउँमा पार्टी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।

यी दुई मन्त्री मात्र होइन, पार्टीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरू पनि फिर्ता हुन चाहिरहेका छैनन् ।

सहरी विकास मन्त्रीको रूपमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आजसम्ममा आफूसहित पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने दाबी गर्दै आएका छन् । उनले बुधबार पनि सङ्‍घीय संसद् बैठकदेखि बाहिरिने क्रममा यही अभिव्यक्ति दोहोर्‍याएका थिए । यद्यपि, मन्त्री भएकाहरू फिर्ता हुन नचाहँदा पार्टीमा विवाद बढेको छ ।

विवादका कारण पार्टी अध्यक्ष माधवकुमार नेपाल अफ्ठ्यारोमा परेका छन् ।

अर्को दल जसपामा भने विवाद भुसको आगोझैँ सल्किरहेको उक्त दलका एक नेताले बताए । विवाद समाधान गर्न अध्यक्ष उपेन्द्र यादवले ढिलाइ गरे विभाजन हुने चरणमा पार्टी पुगेको ती नेताको भनाइ छ ।

विवादको कारण मन्त्री पद नै हो । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरू छ महिना त के आठ महिनामा पनि फिर्ता नहुने पक्षमा छन् ।

२२ असोज २०७८ मा मन्त्री भएकाहरू रेनुकुमारी यादव, महेन्द्रराय यादवलगायत मन्त्री भएका थिए । पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले मन्त्री भएकाहरूलाई छिटो फिर्ता गर्न दबाब दिइरहेका छन् ।

तर, अध्यक्ष यादवले भने भट्टराईको मागलाई वास्ता गरेका छैनन् । भट्टराई पार्टीको तर्फबाट नयाँ मन्त्रीहरू पठाउनुपर्ने पक्षमा छन् । यादवको चाहना भने वर्तमान मन्त्रीहरूलाई नै निरन्तरता दिनेमा छन् । सोही कारण जसपामा विवाद भएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.