Old Website
२०७९ असार १९, आइतवार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना  ?

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७९ जेष्ठ २४ ११:०४
चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना  ?
ShareTweetPin

झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ । आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आशा पलाएर गएको छ ।

वर्षौँदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला । निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक विसं २०४२ मा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका थिए ।

त्यतिबेला उनले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए । ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएको जानकारहरूको भनाइ छ ।

आयोजना बन्ने आशमा विसं २०३६ देखि लामो प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन् । लामो समयदेखि स्थानीयवासीको मृगतृष्णा जस्तै बनेको आयोजना अब भने नयाँ ढङ्गले निर्माण हुने आशा पलाएको छ ।

कहिले फ्रान्सेली, कहिले अष्टेलियन तथा कहिले चिनियाँ कम्पनीको होल्डमा परेको सो आयोजनालाई सरकारले लगानीको स्पष्ट खाकासहित निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको सोमबारको बैठकले मन्त्रिपरिषद्लाई निर्णयका लागि सिफारिस गरेको छ । बोर्डका अनुसार सो आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो ।

बोर्डको ४७औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदन सोमबारको बोर्ड बैठकमा पेश भएको थियो । समितिले आयोजनाका सम्बन्धमा पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकतानुसार कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो । तर कहिले कुन कम्पनी, कहिले कुन कम्पनीको नाममा रहने, कुनै प्रगति नहुनेजस्ता व्यवधानका कारण आयोजना केवल सपनामात्रै बनेको तथ्य कोही कसैबाट छिपेको छैन ।

चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुङ्गो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवालाले अथ्र्याउँछन् । त्यस्तै निर्माण ढाँचाका बारेमा स्पष्ट निर्णय नहुनु, प्रसारण लाइन निर्माण तथा विस्थापितबारे उपयुक्त निर्णय नहुनु र उत्पादित बिजुलीको बजारका बारेमा कुनै यकिन नहुनु पनि त्यसपछिका सहायक कारण हुन् । विसं २०७५ भदौमा चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिक्दै गर्दा पनि सोही कारण जनाएको थियो ।

आयोजनामा सम्बद्ध अधिकारीका अनुसार २०४६ भदौदेखि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन लागिपरेको अष्ट्रेलियन कम्पनी स्मेक ९स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन०ले २०४९ मा प्रतिवेदन बुझायो । निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजना निर्माण गर्ने भनेर स्मेकले गरेको सम्झौता कहिल्यै कार्यान्वयन भएन । आयोजना बनाउँछौँ भन्दाभन्दै स्मेकले १८ वर्षसम्म आयोजना होल्डमात्रै ग¥यो ।

अति भएपछि सरकारले आयोजनाको स्वामित्व २०६८ मा आफैँ लियो । स्मेकले उत्पादित बिजुली भारतलाई बिक्री गर्ने र उत्पादन सुरु भएको ३० वर्षपछि चालु हालतमा सरकारलाई फिर्ता गर्ने बताएको थियो । स्मेकले कामै नगरेपछि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले आयोजना नेपाल सरकारको नाममा नै फिर्ता ल्याएका थिए ।

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ– त्यो हो तावाबाट उफ्रेको माछा भुङ्ग्रामा । पश्चिम सेतीका हकमा पनि त्यस्तै भयो । स्मेक बाहिरिएको केही समय बित्न नपाउँदै विसं २०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लयुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई दिइयो । चिनियाँ कम्पनी आफैँमा २२ हजार ५०० मेगावाट क्षमताको थ्री गर्जेज जलविद्युत् आयोजना नै निर्माण गरेको चिनियाँ कम्पनीले आयोजना अगाडि बढाउनेमा आम नेपाली ढुक्क थिए ।

चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत बराबरको शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो । कूल रु एक खर्ब ८० अर्ब लागत रहने भनिएको सो आयोजनामा रु एक खर्ब ५० अर्ब वैदेशिक ऋणसमेत ल्याउने सहमति भएको थियो ।

तोकिएअनुसार काम भएको भए गत वर्ष नै सो आयोजनाले बिजुली बालिसकेको हुने थियो । निर्माण अवधि सात वर्ष हुने भनिएको आयोजना भने त्यति समय नै चिनियाँ कम्पनीले होल्ड गरेर राख्यो । अन्त्यमा बिजुलीको बजार नभएको, पुनःबास तथा पुनःस्थापनाका विषयमा कुरा नमिलेको, प्रसारण लाइन निर्माण कसले गर्ने भन्नेबारेमा कुनै सहमति हुन नसकेकोजस्ता कारण देखाएर चिनियाँ कम्पनीले हात झिक्यो ।

विसं २०७५ सम्म हरेक वर्ष सरकारले आयोजनाका लागि बजेटसमेत विनियोजन नै गर्ने गरेको थियो । त्यसपछि भने आयोजनाको उपयुक्त मोडालिटी तय गरेर निर्माण सुरु गर्ने भनिए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन ।

आयोजनाको पहिचान विसं २०३६ मा भएको थियो । सुरुमा कूल ३७ मेगावाट क्षमताका सो आयोजना निर्माण गर्ने भनिएको थियो । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको फ्रान्स भ्रमणका क्रममा त्यहाँका कम्पनीलाई नेपालमा पनि जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गरेका थिए । राजाको विशेष आग्रहअनुसार नै फ्रान्सेली कम्पनी सोग्रेह नेपाल आएको थियो । सो कम्पनीले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो । त्यस समयमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्ने योजना तय भएको थियो । तर सोग्रेह कन्सल्टले आयोजना निर्माणको अनुमति पाएन । विसं २०५१ अष्टेलियन कम्पनी स्मेकलाई सर्भेक्षण गर्ने जिम्मा दिइयो । त्यसपछि आयोजनाको क्षमता ७५० मेगावाट बराबर हुने निष्कर्ष निस्कियो ।

सरकारले विसं २०५४ मा स्मेकलाई नै निर्माणको अनुमति दियो । तर उसले पनि अनेकन बहाना निकालेर आयोजनाको काम अगाडि बढाएन । सो कम्पनीले आयोजना निर्माण हुँदा १२ हजार घरपरिवार विस्थापित हुने निष्कर्ष सुनाएको थियो । चाइना थ्री गर्जेज निर्माण अनुमति विसं २०६९ मा पायो । तर काम भने सुुरु हुन सकेन । आयोजना प्रभावित क्षेत्रका बासिन्दा त्यसैका बारेमा सुन्दासुन्दै बुढ्यौली उमेरमा प्रवेश गरिसकेका छन् । चार दशकसम्म आयोजनाको नाममा उनीहरुसमेत अनिर्णयको बन्दी बनेका छन् । सरकारले आयोजना प्रभावित क्षेत्रमा सडक, तटबन्ध, विद्यालय, खानेपानीजस्ता कुनै पनि परियोजनामा लगानी गरेको छैन । त्यसको मारमा स्थानीयवासी परेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पश्चिम सेती र सेती नदी–६ आयोजना निर्माण सुरु गर्ने उल्लेख छ । त्यस्तै यही जेठ १५ गते सार्वजनिक भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत आयोजनाका बारेमा स्पष्टसँग बोलिएको छ । त्यस आधारमा पनि अब आयोजना कुनै न कुनै रूपमा अगाडि बढ्छ भन्ने विश्वास बढेर गएको छ ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक पश्चिम सेती र बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना अगाडि बढाएरै छाडिने दृढता व्यक्त गरेका छन् । लगानी बोर्डको बैठकले भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस निर्णयले अब आयोजनाले एउटा गति लिने विश्वास थप बढेको छ ।

एनएचपिसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो । कूल सात हजार ५०० मेगावाट बराबरको बिजुली उत्पादन गरिसकेको सो कम्पनीले जलविद्युत् आयोजना, वायु तथा सौर्य ऊर्जामा समेत काम गरिसकेको छ । पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास बढेर गएको छ ।

सरकारले विसं २०७५ मा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेशमा राखेका थियो । पश्चिम सेती ७५० मेगावाट र सेती नदी–६ कूल ४५० मेगावाट क्षमतामा निर्माण गर्न सकिने सरकारको बुझाइ छ । सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ । सोही नदीमा ती आयोजना निर्माण हुन्छन् ।

सरकारको उच्च राजनीतिक प्राथमिकतामा परेको जलाशयुक्त आयोजना निर्माणमा जाँदा त्यसले पार्ने प्रभाव दीर्घकालीन हुन्छ । विगतको जस्तै सहमति हुने र कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरेर आयोजना निर्माणमा जाने वातावरण बनाउनु नै उपयुक्त हुन जान्छ । सो आयोजनाका अलावा बोर्डको सोमबार साँझ बसेको बैठकले तामाकोसी पाँचौँ र राहुघाट जलविद्युत् आयोजनाको लगानीसमेत स्वीकृत गरेको प्रवक्ता लम्सालले जानकारी दिए ।

दोलखामा आयोजनास्थल रहेको १०० मेगावाट क्षमताको तामाकोसी पाँचौँको लागत रु १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दी जिल्लामा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको राहुघाटको लागत रु नौ अर्ब ४७ करोड ३० लाख बराबर छ ।

यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी ग्रान्धी माल्लिकार्जन राव (जिएमआर)ले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने गरी शर्तसहित म्याद थपका गर्न मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन

काठमाडौंमा थप तीन जनामा हैजा

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.