तनहुँ । तनहुँमा खाना पकाउने सिलिण्डर ग्यास पड्किदा एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किँदा भीमाद नगरपालिका ९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी ११ वर्षीया छोरी शुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो ।
सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?