पोखरा ।
तीन मतले पराजीत भएका एमाले उम्मेदवारले मुद्धा दर्ता गरेका छन् । पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।
थापाले मत गणना गर्दा चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।
यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।
यस प्रति तपाइको धारणा के छ ?