बुटवल ।
बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिले प्रदभार ग्रहणसंगै दुई वटा निर्णय गरेका छन् । भूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।
पदभार ग्रहणसंगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहिन सुकुम्बासी जनताको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?