पोखरा ।
नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल निर्वाचित भएका छन् । मञ्चको (हिजो)शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा नियुक्त गरेको हो ।
मञ्चको ईमिडियट पास्ट प्रेसिडेन्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट ईलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई.विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् ।
यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन शत्रमा बोल्ने सदस्यहरुले मञ्चले कोभिडका बेला अध्यक्ष सुनिलबहादुर भट्टराईको नेतृत्वमा सचेतना जगाउन, विरामीहरुलाई आवश्यक सहयोग गर्नेलगायतका उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
साथै उनीहरुले पोखरामा उद्यमशिलताको विकास गर्न, युवाहरुलाई उद्यमशीलताका लागि क्षमता अभिवृद्धि गर्न, पोखरेली अर्थतन्त्र बलियो बनाउन, मञ्चमा युवा उद्यमी तथा महिला उद्यमीहरुको सहभागिता बढाउन जोड दिन सुझाव दिएका थिए ।
मञ्चका निवर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईको अध्यक्षता तथा सचिव ई।विशेष पन्तको सञ्चालनमा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका कमिङ प्रेसिडेन्ट उदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापती, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले बोलेका थिए ।
यस प्रति तपाइको धारणा के छ ?