काठमाडौं ।
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आज साँझ ५ बजेपछि परिवर्तन आउने बताएका छन् ।
मतदाताहरु परिवर्तन गर्न उत्साहित रहेको बताउँदै उनले मतदानअघि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले महानगरबासीहरु परिवर्तनका लागि आफ्नो सपना साकार पार्न तयार रहेको पनि बताए ।
राजधानीको बसन्तपुरस्थित मतदान केन्द्रमा सञ्चारकर्मीसँग बोल्दै उनले आज ५ बजेपछि परिवर्तन आउने प्रतिक्रिया दिएका हुन् ।
यस प्रति तपाइको धारणा के छ ?