काठमाडौं ।
नेपाली कांग्रेसले चितवनका पाँच सदस्यलाई निलम्बित गरेको छ । भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको हो।
कांग्रेसले पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा। केशव पौडेललाई निलम्बन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा। प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्ध क्रियाशील रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका हुन् ।
यस प्रति तपाइको धारणा के छ ?