बागलुङ।
मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ परेकी बागलुङकी स्वतन्त्र पदकी उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ ।
बुधबार राति बागलुङको बिरकोटमा फेला परेकी गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मालाई प्रहरीले केहीबेर सोधपुछ गरेर छाडेको बताइएको छ ।
मञ्जु मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको भनेर स्थानीयले आरोप लगाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मञ्जुले भने चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न गएको बताएकी छन् ।
प्रहरीले पनि सोधपुछको क्रममा र अनुसन्धानको क्रममा पैसा नै बाँढेको प्रमाण नभेटेकाले छोडेको बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताएका छन् ।
यस विषयमा उनलाई आज निर्वाचन आयोग र प्रहरीसहित छलफल गर्न बोलाइएको छ ।
यस प्रति तपाइको धारणा के छ ?