दाङ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भई नयाँ पार्टी गठन गरेका नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।
नवगठित नेकपा बहुमतका संयोजक बास्तोलालाई दाङ प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पूर्व(पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी दाङले जनाएको छ ।
बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले निर्वाचन बहिष्कार गरेकाले शान्ति सुरक्षाको विषयलाई लिएर सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
यस प्रति तपाइको धारणा के छ ?