काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता भएपछि विवादास्पद अभिव्यक्ति दिदै आएका केशव स्थापितले माफी मागेका छन् ।
मौनअवधि सुरु हुनु अघि काठमाडौंमा भएको अन्तिम चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्दै स्थापितले माफ मागेका हुन् । उनले भने , ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परे, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’
उनले थपे, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्यौं ’। उनले भने, ‘अझ जिउ फुलाएर देखायौं । नदेखाए त हेप्छ नि १ मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।
केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए ।क्षमाको कमी भएको भए स्वीकार गर्छु भन्दै उनले माफी मागेका हुन् ।
यस प्रति तपाइको धारणा के छ ?