गोरखा ।
गोरखामा कांग्रेस र एमाले पक्षका युवाबीच कुटाकुट हुदाँ चार जना घाईते भएका छन् ।
आरुघाट गाउँपालिका १ श्यामचेतमा सोमबार राती मादक पदार्थ सेवन गरी चुनावका विषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ।
झगडामा एमालेका दुई र कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। एमाले निकट स्थानीय फूलबहादुर लामा र बिक्रम लामा तथा कांग्रेस निकटका वीरबहादुर लामा र दोर्जे लामा घाइते भएका छन्। उनीहरु सबैको अनुहार र आँखामा चोटपटक लागेको छ। उनीहरु मंगलबार बिहान सामान्य उपचारपछि घर फर्केका छन्।
यस प्रति तपाइको धारणा के छ ?