काठमाडौं ।
अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् ।
यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण हवाई सेवा बन्द गरि ‘सट डाउन’मा जाने चेतावनी दिएका थिए ।
यसपछि बसेको प्राधिकरण र हवाई कम्पनी तथा निजी हवाई कम्पनी सञ्चालकहरुको छाता संगठन ‘नेपाल वायुसेवा सञ्चालक संघ’ को बैठकले समस्या समाधानका लागि ९ सदस्यीय उप–समिति बनाएको थियो ।
सोही समितिको पहलमा दैनिक १८ घण्टा उडान गर्ने गरी सहमति जुटेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । यद्यपि, यस्तो उडान सबै कम्पनीहरुलाई बाध्यकारी नहुने कँडेलले स्पष्ट पारेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?