Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राप्रपा नष्ट हुन्छ तर भ्रष्ट हुँदैन : राजेन्द्र लिङ्देन, भने ‘खुसुक्क राप्रपालाई भोट हाल्नुहोस्’

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७९ बैशाख २५ १०:२५
राप्रपा नष्ट हुन्छ तर भ्रष्ट हुँदैन : राजेन्द्र लिङ्देन, भने ‘खुसुक्क राप्रपालाई भोट हाल्नुहोस्’
ShareTweetPin

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए ।

शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले आयोजना गरेको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिहरुलाई चुनावमा हराउन आह्वान गरे । ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारहरुलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु ।’ लिङ्देनले भने ।

लिङ्देनले हल्लाखल्ला बिनै खुसुक्क राप्रपालाई मत दिन मतदाताहरुसमक्ष आग्रह गरे । ‘मतदाताहरुले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु । जम्मा एकचोटी राप्रपालाई जिताईदिनुहोस् ।’ लिङ्देनले भने–‘अर्कोपटकबाट हाम्रा उम्मेदवारहरु यसो गर्छु भन्दै तपाईकहाँ भोट माग्न आउनेछैनन् । बरु हाम्रा जनप्रतिनीधिले गरेका कामहरु देखेर जनताले स्वतस्फूर्त रुपमा हामीलाई नै निरन्तर भोट दिनेछन् ।’

राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले आफ्नो चुनावी क्षेत्रको उदाहरण दिँदै भने–‘झापामा मेरो क्षेत्रका मतदाताहरुसँग मैले अब भिख मागेजसरी भोट मागिरहन जरुरी छैन । मेरो काम देखेरै त्यहाँका मतदाताहरुले स्वतस्फूर्त रुपमा भोट दिन लालायित छन् ।’ लिङ्देनले भने–‘त्यसैले त्यस क्षेत्रमा एमाले र काँग्रेस राप्रपासँग अहिले टक्कर लिनै सक्दैनन् ।’

त्यस्तै अर्को सन्दर्भमा लिङ्देनले आफू बाँचुञ्जेल भ्रष्टाचारविहिन राजनीतिमा समर्पित हुने बताए । उनले आफू यो जुनीमा मात्रै नभएर अर्को जुनीमा पनि ईमानदारिताको राजनीति गर्ने बताए । ‘मलाई कुनैबेला माओबादीले यो मर्यो भनेर मरनासन्न हुनेगरि कुटपिट गरेर बाटोमा फालेका थिए । तर भाग्यले मलाई बचायो । अहिले भर्खरैको कुरा गर्ने हो भने पनि म दोस्रो जीवन बाँचिरहेको छु ।’ उनले भने–‘मलाई मेरो यो दोस्रो जीवन त्यसै खेर फाल्नुछैन ।’

लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकै सबैभन्दा ठुलो पार्टीको आकार लिने दाबी समेत गरे । ‘यो मैले त्यसै भनेको छैन । दिनप्रतिदिन पार्टीप्रति युवापुस्ता र जनताको आकर्षण बढेको तथ्याङ्कले नै यो कुराको पुष्टी गर्छ ।’ उनले भने ।

एकसाथ ७ सय जनाले गरे राप्रपा प्रवेश

यसैबीच शनिबार पोखरामा आयोजित चुनावी आमसभामा ७ सय जना युवाहरु राप्रपामा प्रवेश गरेका छन् । राप्रपा युवा संगठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा युवाहरु एकसाथ पार्टीमा प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

प्रवक्ता गिरीले पार्टीमा पछिल्लो समय युवाहरु प्रवेश गर्ने क्रम निकै बाक्लिएको बताएका छन् । ‘युवाहरुको आकर्षण र पार्टी प्रवेशले हामीलाई चुनाव जित्ने थप हौसला मिलेको छ ।’ प्रवक्ता गिरीले भने ।

यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेल प्रत्यासी छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.