पोखरा ।
पाँचदलीय गठबन्धनले आइतबार पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ । पोखरामा गठबन्धनका शिर्ष नेताको उपस्थितिमा आम सभा हुन लागेको हो ।
गठबन्धनको कस्की जिल्ला नेतृत्वले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आमसभा वारे जानकारी गराएको छ ।
पोखराको अमरसिंहचौरमा आयोजना गरिएको आम सभाको तयारी गर्न विभिन्न समिति बनाई काम भइरहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
चुनावी आमसभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, कांग्रेस उपसभापति धनराज गुरुङलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
बृहद चुनावी सभा सहभागी हुन पाँचवटै स्थानिय तहबाट कार्यकर्ता उर्ताने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरुङले बिहान ११ का बजे आमसभा सुरु हुने बताए ।
सभा ऐतिहासीक हुने बरालले बताए ।
यस प्रति तपाइको धारणा के छ ?