Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाललाई माया गर्ने सबै नेपालीको आस्था ‘एमाले’ मा छ : उपमहासचिव गुरुङ

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २२ ०९:०९
नेपाललाई माया गर्ने सबै नेपालीको आस्था ‘एमाले’ मा छ : उपमहासचिव गुरुङ
ShareTweetPin

पोखरा।

नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले रहेकाले राष्ट्रवादी नागरिकको आस्था पनि एमालेमा नै रहेको उनको ठोकुवा छ ।

नेकपा एमाले पोखरा वडा नं. ८ को वृहत चुनावी भेलालाई सम्बोधनका क्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले परमादेशबाट स्थापित यो सरकारलाई ढाल्न र अपवित्र गठबन्धनलाई तहसनहस पार्न नेपाली जनताले सूर्यमा भोट हाल्ने दाबी गरे ।

‘देश समृद्ध बनाउने एमाले हो । नेपालीलाई सुखी राख्ने एमाले हो । देश बचाउने एमाले हो । त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ ।’ पार्टीका प्रचार विभाग प्रमुख गुरुङले भने – ‘स्थानिय तहमा झन् एमाले जिताउनै पर्छ ।

गाउँगाउँमा एमालेको नीति स्थापित गर्न एमाले जिताउनुपर्छ । गाउँ समृद्ध बने मात्रै देश समृद्ध बन्ने भएकाले गाउँ गाउँको सरकार पनि एमालेकै हुनुपर्छ । त्यसैले अहिले सूर्यमै लहरै भोट हाल्नुपर्छ ।’

पाँच दलीय गठबन्धन एकातिर र सिंगो एमाले एकातिर रहेपनि जनताले राष्ट्रघात विरुद्ध राष्ट्रवाद, असत्य विरुद्ध सत्य, अन्याय विरुद्ध न्यायको तराजुमा जोखेर जनताले एमालेलाई नै भारी मतले जिताउने बताए । ‘यसपटक ६७ प्रतिशत मत एमालेको पक्षमा खस्छ । कम्तिमा ५० प्रतिशत ठाउँ त एमाले एक्लैले जित्छ जित्छ’ गुरुङको ठोकुवा छ ‘यत्ति हो एमालेभित्र एकता हुनुपर्छ । हामीमै एकता हुन जरुरी छ । काँग्रेस छिन्नभिन्न छ । प्रचण्ड र माधव नेपालहरु त मोहनविक्रम सिंह जस्ता हुनेछन् ।’

माधव नेपाल वंशनाश गर्ने कंश, प्रचण्ड काँग्रेस भइसके

उपमहासचिव गुरुङले माधव नेपाल वंशनास गर्ने कसं रहेको आरोप लगाए । ‘माधव नेपालजीको पदलोलुपता र महत्वाकांक्षाले यो अवस्था आयो । वंशनास गर्नुभयो । माधव र प्रचण्डको वंश कम्युनिष्ट हो कि दलाल पूँजीवादी काँग्रेस हो ? उहाँहरु कम्युनिष्ट हारोस्, उम्मेदवार नै नउठोस्, काँग्रेस जिताऔं भनेर हिँड्नुभएको छ ।’ गुरुङले भने ।

प्रचण्डको पार्टी विसर्जनतर्फ गइसकेको ठोकुवा गर्दै उनले थपे – प्रचण्डको पार्टी जिवन्त हो भने चुनावमा घोषणापत्र किन आएन ? काँग्रेसकै घोषणापत्र बोकेर हिँडेपछि प्रचण्ड माओवादी भए ? माक्र्सवादी भए ? लेनिनवाद कता गयो ? अब उहाँमा नातावाद मात्र बाँकी छ । काँग्रेसको धोती समातेर समाजवादको बैतर्णी तर्न खोज्ने माधव र प्रचण्डको हालत अब चुनावपछि के हुन्छ हेर्नुहोला।

उपमहासचिव गुरुङले भूगोलमा देशकै ठूलो र जनसंख्यामा दोस्रो ठूलो पोखरा महानगरमा अब मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेपछि विकासको लहर चल्ने बताए । पोखराका ३३ वटै वडा र चारै गाउँपालिकासहित त्यहाँका सबै वडामा एमालेले विजयको झण्डा फहराउने उनको भनाई थियो ।

पहिलो कार्यकलामा राम्रो काम गरेकै कारण थापाको चर्चा अहिले भएको र पार्टीले पनि गर्न सक्ने भएरै उम्मेदवार बनाएको भन्दै गुरुङले उपमेयर गुरुङ त आफ्नो कार्यकालमा देशमै सर्वोत्कृष्ट उपमेयर बनेकाले पोखरेलीले जिताउने ठोकुवा गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज भीम कार्कीले आठ सूर्य रहेको सात बाकसमा सात छाप लगाएर सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन अपिल गरे । गठबन्धन आफै लडेर सक्किने भन्दै उनले जनताले देशभर एमालेलाई पुनः पहिलो पार्टी बताउने उल्लेख गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

यस संग सम्बन्धित

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

सर्वाधिक पढिएका

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.