पोखरा ।
मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरले निर्वाचन आचारसंहिता विपरित प्रयोग भएका माइक नियन्त्रणमा लिएको छ । पोखरा महानगरका मुख्या बजार क्षेत्रमा आचारसंहिता कार्यान्वयनको अवस्था वारे अनुगमन गर्न निस्केको टोलिले आचारसंहिता विपरीत प्रयोग भएका १५ थान माइक नियन्त्रणमा लिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निर पनेरुले सबै जसो राजनीतिक दलहरुले चर्को आवाजा दिने माईक प्रयोग गरेर चुनाव प्रचार गरिहेको भेटिएको जानकारी दिए । अनुगमनका क्रममा भेटिएका सबै माईक नियन्त्रणमा लिइएको पनेरुले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडानम्बर ६, ८, १२, १३ र १७ नम्बर वडामा अनुगमन गरेको थियो ।
आचारसंहिता अनुगमनको क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगाएका दलले आचारसंहिता उल्लंघन गरेको पाइएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा चर्को आवजमा चुनाव प्रचार प्रचार गर्न रोक लागाएको छ ।
आयोगमा लिखित, मौखीक र मेलमा आएका उजुरीको आधारमा अनुगमन गरिएको पनेरुले बताए । टोपी, टिसट लगायतका प्रचार सामाग्रीको पनि प्रयोग भएको भन्ने उजुरी आएको उनले बताए । आयोगले आचारसंहिता विपरीतका कृयाकलाप रोक्न क्रमस अनुगमन गर्ने जनाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?