ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट होमबहादुर बिष्टको नाममा दोहोरो लिएको भन्दै काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो ।
ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडौं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएको जानकारी दिए ।
भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेकोमा बिष्टलाई जेल सजाय सुनाएको छ ।
यस्ता बिवादित ब्यक्तिलाई एमालेले अध्यक्ष उम्मेदवार बनाएको विरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन ।
यस प्रति तपाइको धारणा के छ ?