पोखरा ।
सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् ।
वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका उम्मेदवारहरुप्रति बैदामवासीको आकर्षण बढेको हो । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदाता आशावादी छन् ।
एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्य गर्न देशमा गठबन्धन बनेकाले सो गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवारहरुले आग्रह गरेका छन् । उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले भव्य स्वागत गरेका छन् । मंगलबार जरेवर, बुलौँदी, ठाडापसल, गैरीखेत, दृष्टिमार्ग, मुलथोक, गौरीघाट, अम्बोट हुँदै बगैँचासम्म घरदैलो गरिएको नेपाली काँग्रेस वडा इकाई समितिका सहसचिव शंकर पहारीले जानकारी दिए ।
सो वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष जगतबहादुर पहारी वडाध्यक्षको उम्मेदवार हुन। यसैगरी खुला सदस्यमा नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा छन् ।
वडाध्यक्षका प्रत्याशी पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि गठबन्धनको जीत सुनिश्चित रहेको बताए । वडामा बाँकी रहेका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गरे ।
यस प्रति तपाइको धारणा के छ ?