मादी ।
गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा मादीको विकास नभएको बताए छन् । घरदैलो गर्ने क्रममा स्थानीयले आफ्नै घर अगाडी कसले के गदैँछ भन्ने थाहै नहुने बताए पछि उम्मेदवार गुरुङले यस्ताे बताएका हुन् ।
बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन, मादी ७ थाकका बुद्धिबहादुर गुरुङले उम्मेदवार गुरुङलाई सुनाए । जनतालाई थाहै नदिइ योजना थालेकोमा उनले गुनासो गरे ।
पोखरामा बसेर गाउँको नेता बन्नेहरुकाविरुद्ध आफुले उम्मेदवारी दिएको उनले सुनाए । गुरुङले भने, त्सैको विरुद्धमा हाम्रो उम्मेदवारी हो । हामीले जिते मादीले जित्छ । हामी स्थानीयलाई सोधेर मात्रै योजना बनाउँछौ, उनले भने ।
उपाध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका लाल बहादुर गुरुङले मादीबासिको पीडा समेट्न गठबन्धनलाई जितान मतदातालाई आग्रह गरे ।
यस प्रति तपाइको धारणा के छ ?