पोखरा ।
मादी गाउँपालिका सत्ता गठबन्धन दलले स्थानिय तहको निर्वाचन लक्षित गदैँ पोखरा महानगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पोखरा–१२ शितलादेवीमा स्थापना गरिएको कार्यालयको सोमबार उद्याटन गरिएको हो । अध्यक्षका उम्मेदवार देवीजंग गुरुङ र उपाध्यक्षका उम्मेदवार लालबहादुर गुरुङले सम्पर्क कार्यालयको संयुक्तरुपमा उद्याटन गरे ।
मादीमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा देवीजंग र माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमा लालबहादुरले उम्मेदवारी दिएका छन् ।
मादी गाउँपालिकाका मतदाताको ठुलो संख्याका दोहोरो बसाई रहेको छ । पोखरा महानगर वडानम्बर १०, १२ र १३ वडामा बसोवास गर्ने मादीका मतदालाई लक्षित गदै कार्यालयको उद्याटन गरिएको नेपाली कांग्रेस क्षेत्रनम्बर १ का सचिव सरोज केसीले जानकारी दिए ।
अध्यक्षका उम्मेदवार देवीजंगले तीन दशक भन्दा लामो समय देखी मादीको विकासका लागि अगुवा भएर काम गरेको कारण मतदाताले अत्याधिक मतले जिताउने दावी गरे । उनले अहिलेसम्मको राजनीतिक क्रियासीलता, सामाजिक क्रियासीलता क्रियासीलता र इमान्दारीता आफ्नो मत माग्ने आधार रहेको बताए ।
मादीको समुन्नत विकास, भ्रष्टचार मुक्त मादी बनाउनका लागि मतदाताले मतदात गर्ने उनेले विश्वास व्यक्त गरे । मादी सास्कृतिक र पर्यटकिय सम्भावना भएको भूगोल हो, त्यसका लागि विकासको जग बसाल्ने उनले प्रतिबद्ध रहेको बताए ।
उपाध्यक्ष पदका उम्मेदवार लालबहादुरले मादी गाउँपालिकालाई वेरुजु मुक्त बनाउने, पूर्वाधारको विकास र कृषिलाई आधुनिकीकरण र प्रविधि मैत्री बनाउदै बजारीकरण गर्ने प्रतिवद्धता गरे । गठबन्धनले जितेमा मादीको समृद्धी सम्भव छ, हाम्रो पुस्ताले गर्व गर्न सक्छ, नेपालकै नमुना गाउँपालिका बनाउने सोचँमा छौँ, उनले भने ।
यस प्रति तपाइको धारणा के छ ?