काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौं महानगरपालिमा चुनाव लड्न नपाउने भएको छ । लोसपाले दिएको उम्मेदवारी खारेज भएसँगै चुनाव लड्न नपाउने भएको हो।
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोसपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताएका छन् ।
लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
यस प्रति तपाइको धारणा के छ ?