चितवन ।
चितवनको भरतपुर महानगरपालिकामा वागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेललाई फकाउने प्रयास जारी रहेको छ ।
मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेललाई फकाउन हिजो गृहमन्त्री बालकृष्ण खाँण उनलाई भेट्न चितवन पनि पुगेका छन् । तर पौडेलले आफु धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता कुनैपनि हालतमा नलिने जवाफ दिएका थिए ।
यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरुसँग छलफल गरिरहेका छन् ।
सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाबीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्ताव हुन् ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फबाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् । मन्त्री खाँण आज बिहान साढे ११ बजे चितवनबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् ।
यस प्रति तपाइको धारणा के छ ?