पोखरा ।
कास्कीका सबै पालिकामा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। सम्बन्धीत पालिकाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतले कार्यालयको उद्याटन गरेका छन् । कास्कीमा एम महानगर सहित पाचँ पालिका रहेका छन् ।
पोखरा महानगरपालिकाका लागि न्यायाधीश श्रीकृष्ण भट्टराई, माछापुच्छ्रे गाउँपालिकामा नवराज दंगाल, मादी गाउँपालिकामा दुर्गाप्रसाद भट्टराई, अन्नपूर्ण गाउँपालिकामा विष्णुप्रसाद आचार्य र रुपा गाउँपालिकामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत खटिएका छन् ।
बैखाख ११ गते उम्मेदवार मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
यस प्रति तपाइको धारणा के छ ?